Wednesday, April 12, 2017

Action Research

अनुच्छेद लेखन सम्वन्धी सीपको विकास गर्ने
     कक्षा पाँच नेपाली विषयको शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धित
एक कार्यमुलक अनुसन्धान
प्रतिवेदन
२०७१

                  

       









 प्रस्तुत कर्ता
सरोज सुवेदी
श्री झुवानी उच्च माध्यमिक विद्यालय
र.न.पा.‍-१९ ,चितवन
कार्यमूलक अनुसन्धानको शीर्षक: अनुच्छेद लेखन सीप विकास गर्ने।
अनुसन्धान कर्तासरोज सुवेदी                                पदशिक्षक        श्रेणी:    तृतीय   
कार्यरत विद्यालय : श्री झुवानी उ.मा.वि. र.न.पा. वडा नं-१९, चितवन

.०    परिचय :
शिक्षणसिकाइ क्रियाकलापमा आइपरेका समस्याहरू समाधान गर्न तयार पारिएको योजनाबद्ध कार्यपद्धतिलाई कार्यमुलक अनुसन्धान भनिन्छ।कार्यमुलक अनुसन्धान समस्या र यसको समाधानसंग सम्बन्धित छ।विशेष गरी  शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी  बनाउन योजनाबद्ध ढङ्गले शिक्षण गर्नु अनिवार्य मानिन्छ।सिकाइ दिगो र प्रभावकारी  एवं जीवनोपयोगी  हुनुपर्दछ।त्यसका लागि सिकारु र शिक्षक बीच सुमधुर सम्बन्धको जरुरत पर्दछ।प्राथमिक तहमा अध्ययन गर्ने वालबालिका र शिक्षकसंगको सम्बन्ध जति नजिक कायम हुन्छ त्यतिने सिक्ने सम्भावना बढी हुन्छ।अर्को तर्फ प्राथमिक तहका कक्षाहरुमा पढ्ने कलिला बालबालिकाहरुले शिक्षक-शिक्षिका सामु  आफ्ना सिकाइमा देखापरेका सबै किसिमका समस्याहरु प्रष्टसँग बताउन सक्दैनन्।त्यसैले बालबालिकाहरुका सिकाइमा देखापरेका र देखापर्न सक्ने समस्याहरुलाई पहिचान गर्नु कठीन कार्य हुन जान्छ।तसर्थ शिक्षण सिकाइका क्रममा देखिएका समस्याहरु समाधान गर्न सम्बन्धित बिषय शिक्षकको हस्तक्षेपकारी  प्रयत्‍नले समस्या निराकरणको लागि सहयोग पुग्दछ।शिक्षकले गर्ने त्यस्तो हस्तक्षेपकारी प्रयत्‍न नै कार्यमुलक अनुसन्धान हो।यसले शिक्षण सिकाइको क्रममा देखापर्ने अधिकाङ्स समस्याहरुलाई न्युनिकरण गर्न सहयोग गर्दछ।त्यसैले कार्यमुल अनुसन्धानलाई शिक्षण सिकाई क्रियाकलापमा देखापर्ने समस्या समाधान गर्ने उपयुक्त माध्यमको रुपमा लिने गरिएको छ।
शिक्षण सिकाइमा देखापरेका समस्याहरु समाधान गर्न सम्बन्धित बिषय शिक्षकले मूल समस्याको पहिचान गरी  शिक्षण सिकाईका क्रममा अनुसन्धान गर्दै योजनाबद्ध तरिकाबाट शिक्षण गर्दा सजिलै लक्षित उद्देश्य प्राप्‍त गर्न सकिन्छ भन्ने कुरालाई विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ। यसै परिपेक्षमा शै.स.२०७१ फाल्गुण महिनामा श्री झुवानी उ.मा.वि.को कक्षा पाँचमा अध्ययन गर्ने बालबालिकाहरुले नेपाली विषय अन्तर्गत अनुच्छेद लेखन सीप विकासमा समस्याहरु आइपरेको कारणले अनुच्छेद लेखन सीपको विकास गरी समस्या समाधान गर्न कार्यमूलक अनुसन्धान गरिएको थियो।
२.०  उद्देश्य:    
कार्यमूलक अनुसन्धानको  प्रमुख उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो।        
(क)   विभिन्‍न शीर्षकहरुमा स्वतन्त्ररुपमा अनुच्छेद लेखन सीपको विकास गर्ने।
३.०   कार्यान्वयन अवधि : २०७१ फाल्गुण १५ देखि २५ सम्म         
           
४.०  कार्यबिधि :        
क)  कार्य योजना :   माथि उल्लेखित उद्देश्य प्राप्‍तिका लागि निम्नलिखित कार्यहरु गर्ने योजना गरिएको थियो।
            i.            शिक्षण सिकाई क्रियाकलाप गर्नका लागि सहयोग पुग्ने शैक्षिक सामग्री संकलन,  निर्माण, र खरिद गर्ने र गर्न लगाउने।
           ii.            शैक्षिक सामग्रीको सहितको आवश्यक शैक्षिक क्रियाकलाप संचालन गर्ने।
         iii.            लघु शैक्षिक भ्रमण
          iv.            तत्पश्चात त्यसको अवलोकन र मूल्याङ्कन गर्ने।
ख)   कार्य :     कार्यमूलक अनुसन्धानको उद्देश्य पुरागर्न निम्नानुसार कार्यहरु सम्पन्न गरिइएको थियो।
         i.            शैक्षिक सामग्रीहरुको छनोट र सङ्कलन
        ii.            समूह विभाजन
      iii.            समूहकार्य
       iv.            ब्यक्तिगत कार्य
        v.            लघु शैक्षिक भ्रमण
       vi.            खेल
ग)  अवलोकन :कार्यमूलक अनुसन्धानको क्रममा कक्षा पाँचमा पढ्ने छात्र-छात्राहरुको कक्षाकार्य, गृहकार्य र समूहकार्य, शैक्षिक भ्रमण आदिमा विद्यार्थीहरुको सहभागिता तिनीहरुको रुची, क्षमताका साथ-साथै सिकाईमा प्रभाव पार्ने सकारात्मक र नकारात्मक पक्षसंग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरुको शुक्ष्म अवलोकन गरिएको थियो।

घ)  प्रतिबिम्बन :
कार्यमूलक अनुसन्धानको क्रममा विद्यार्थीहरुको मूल्याङ्कन गर्दा  ३ जना बाहेक बाँकी सबै २७ जना विद्यार्थीहरुले लक्षित उद्देश्य प्राप्‍त गरेको पाइएको थियो।  तसर्थ प्रथम चरणमा नै शिक्षण सिकाई प्रभाबकारी  भएकोले सोही  समयमा कार्यमूलक अनुसन्धान सम्पन गरिएको थियो।
५.०  प्रतिवेदन तथा प्रबोधिकरण प्राकृया:
अवलोकन र मूल्याङ्कनबाट प्राप्‍त नतिजालाई विश्‍लेषण गरि विद्यालयका प्र. अ. को उपस्थितिमा  शिक्षक र विद्यार्थी माझ २०७१/११/२६ गते प्रबोधिकरण गरिएको थियो।
६.० सुधार, परिणाम तथा सिकाईका बुँदा:
कक्षा ५मा अध्ययन गर्ने ३० जना छात्र-छात्रा मध्य २७ जना विद्यार्थीमा अपेक्षित उद्देश्य प्राप्‍त भएको पाइएको थियो। तसर्थ कार्यमूलक अनुसन्धानको क्रममा प्रयोग गरिएका हस्तक्षेपकारी  प्रयत्‍न सान्दर्भिक थिए।
७.०  निष्‍कर्ष :
कार्यमूलक अनुसन्धानको क्रममा शिक्षण सिकाइ क्रियाकलाप सँग-सँगै मूल्याङ्कन गर्दा प्रयोग गरिएका हस्तक्षेपकारी  प्रयत्‍न सफल एवम् प्रभाबकारी भएको पाइयो तसर्थ कक्षा पाँचमा अनुच्छेद लेखन सीपको विकास गर्नको निमित्त आफ्नो गाउँ-ठाउँ र परिवेश अनुसारको शीर्षकहरु छनोट गरी सोही शीर्षक अन्तर्गतको विषयवस्तुमा केन्द्रित भएर उपयुक्त शैक्षिक सामग्रीलाई प्रयोगमा ल्याई विद्यार्थीहरुले अभिव्यक्त गरेका (देखेका, खेलेका, सुनेका, आदि) कुराहरुलाई प्राथमिकताका साथ पहिला सामुहिक र पछि व्यक्तिगत रुपमा लेख्न लगाएर अनुच्छेद लेखन शिक्षण गर्दा  बालबालिकाहरुको सिकाइको स्तर सहजै उकास्न सकिने निष्कर्ष प्राप्‍त भयो।       
 ©Saroj Subedi Jhuwani Secondary School Chitwan, Nepal (Cell No. +9779845024051) Email: sarojsubedi79@gmail.com

2 comments: